नविन्द्रराज जोशीको परिवारले सरकारले दिने १० लाख सहयोग नलिने

डिसी नेपाल
८ चैत २०७७ १६:४१
128
Shares

काठमाडौं। मष्तिष्क घात भएर उपचार गराइरहेका काँग्रेस नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले उपचारका लागि सरकारले दिने भनेको १० लाख रुपैयाँ नलिने घोषणा गरेको छ। नेता जोशीका सहयोगी पुस्कर पाण्डेले सरकारले सहयोगको घोषणा गरेको तर, परिवारले सो सहयोग नलिने घोषणा गरेको जानकारी दिए।

उनका अनुसार सो रकम अरु कुनै गरिबहरको उपचारमा सहयोग गर्न सरकारलाई जोशीका परिवारले सरकारसँग आग्रह गरेका छन्। फागुन १४ गतेदेखि नेता जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। कोमामा रहेका जोशीलाई अहिले पनि भेन्टिलेटरमा राखेर उपचार गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.