थप ७७ जनामा कोरोना संक्रमण
काठमाडौं । आइबार नेपालमा थप ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ६९ रहेको छ । पछिल्लो २४ घण्टामा १०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ९२१ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनैपनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
यस्तै, हालसम्म ४८ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ३६ हजार ५२६ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment