अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पर्यटनमन्त्री

डिसी नेपाल
८ चैत २०७७ २१:४६
124
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आइतबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आकस्मिकरुपमा अनुगमन÷निरीक्षण गरेका छन् । अनुगमनमा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी पनि सहभागी थिए ।

पर्यटनमन्त्री ढकालले अनुगमनका क्रममा देखिएका कमजोरी सुधारका लागि सात दिनको समय दिँदै पुनः अनुगमनमा आउने बताएका छन् । मन्त्री ढकालले विमानस्थलको पुनःनिर्माणको काम गर्दा यात्रुको असुविधा हुने गरी नगर्न विमानस्थल व्यवस्थापनलाई निर्देशन दिए । उनले भने, “हाम्रो मान्छे कति जिम्मेवार छन् भन्ने कुरा विमानस्थलको श्रम कार्यालय हेरेर देखिन्छ । विमानस्थल प्रमुखले पनि निरन्तर अनुगमन गरेर काम गराउनुपर्यो । कर्मचारीको काम सेवाग्राहीलाई सेवा दिने र मन जित्ने हो । राम्रो गर्नुस् ।”

पर्यटनमन्त्री ढकालले विमानस्थलको अवस्था भद्रगोल बनाएर भत्ता माग्न नआउन अनुरोध पनि गरे । उनले नेपालको विमानस्थल हेरेर विदेशी विमानस्थलसँग तुलना गर्न मिल्ने बनाउन निर्देशन दिएको पर्यटनमन्त्रीका प्रेस संयोजक माधवप्रसाद तिवारीले जानकारी दिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.