पाँचौं टि–२० खेलेका सबै भारतीय खेलाडीहरुमाथि कारवाही

डिसी नेपाल
९ चैत २०७७ १२:१६
2.5k
Shares

काठमाडौं। इङल्याण्डविरुद्ध पाँचौं टि–२० खेलेका सबै भारतीय खेलाडीहरु कारवाहीमा परेका छन् । यो खेल भारतले जितेको थियो । यससँगै भारतले ५ खेलको सिरिज पनि जितेको थियो । तर, यो खेल खेलेका सबै खेलाडीहरुलाई स्लो ओभर रेटका कारण जरिवाना लगाइएको हो । अब यो टिमका सबै भारतीय खेलाडीको म्याच फिसको ४० प्रतिशत जरिवाना काटिनेछ ।

यो खेलमा भारतको इनिङ निर्धारित समयमा २ ओभर ढिलो थियो । यो सिरिजमा भारतीय टिम कारवाहीमा परेको यो दोस्रो पटक हो । यसअघि दोस्रो टि–२० मा पनि भारत १ ओभर ढिलो थियो । म्याच रेफरी जवागल श्रीनाथले यो जरिवाना लगाएका हुन् । क्रिकबजका अनुसार आइसीसीले भारतीय टिमलाई आइसीसी आचार संहिताको अनुच्छेद २.२२ को दोषी पाइएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.