सिटी एक्सप्रेसको प्रदेश ५ कर्णाली र सुदुरपश्चिममा एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

डिसी नेपाल
१० चैत २०७७ १९:३१
24
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत चैत्र ५, ६ र ७ गते धनगढी, नेपालगन्ज र दाङमा आफ्नो सेवा प्रदान गर्ने एजेन्ट्हरुका लागि एक\एक दिने एजेन्ट् भेटघाट र AML/CFT तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको कम्पनीले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५,६ र ७ को एजेन्ट् मीट् २०७७ सम्पन्न गरिएको थियो ।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १४ वर्षदेखि संसार भरबाट सहज रुपमा नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.