स्निफर कुकुरको यस्तो डर ! चोरले चोरेको १ लाख ७० हजार रुपैयाँ त्यही घरमा ल्याएर राखिदिए
काठमाडौं। प्रहरीको स्निफर कुकुरको डरले एक जना चोरले चोरी गरेको १ लाख ७० हजार रुपैयाँ जुन घरबाट चोरेका थिए त्यही घरको ढोकामा ल्याएर राखिदिएका छन् । यद्यपि यसरी पैसा फिर्ता ल्याएर राख्दा पनि ती चोरले आफू पक्राउ नपर्ने गरी पर्याप्त सावधानी अपनाएका थिए । यद्यपि चोरले पैसा फिर्ता गरे पनि राहत भने नपाउने भएका छन् । पुलिसले पैसा फिर्ता पाए पनि अनुसन्धान जारी राखेको छ ।
टाइम्स अफ इण्डियाका अनुसार भारतको तेलंगना राज्यको खम्मम जिल्लाको दुब्बाथन्डा गाउँका किसान गुगुलोथ लच्छारामको चोरी भएको पैसाबारे अनुसन्धान सुरु भएपछि ती चोरले पैसा घरको ढोकामा ल्याएर राखिदिएका हुन् । किसानले मार्च १७ मा आफ्नो घरबाट १ लाख ७० हजार रुपैयाँ चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । किसानले उजुरी दर्ता गरेपछि र मार्च २० मा कुकुर दल र क्लु टिम अपराध भएको ठाउँमा गएर अनुसन्धान सुरु गरेका थिए ।
सम्भवतः चोरले त्यहाँ भइरहेको पुलिस कारवाही देखिरहेका थिए र उनलाई कुकुरले आफूलाई पत्ता लगाउन सक्छ भन्ने डर लाग्यो । त्यसको भोलिपल्ट मार्च २१ का दिन बिहानै किसान लच्छाराम दंग परे किनकि उनको घरको ढोकाअगाडि १ लाख रुपैयाँ थियो । चोरले सबै पैसा भने छोडेका थिएनन् । भोलिपल्ट मार्च २२ का दिन लच्छाराम फेरि एकपटक दंग परे । चोरले किसानको घर अगाडि फेरि ७० हजार रुपैयाँ छोडेका थिए । यद्यपि पुलिसले अनुसन्धान जारी राखेको छ ।







डिसी नेपाल








Facebook Comment