माधव नेपालको ८ पेजको स्पष्टीकरण, अध्यक्ष ओलीसँग उल्टै प्रश्न (पत्रसहित)

डिसी नेपाल
१२ चैत २०७७ १९:०४
296
Shares

काठमाडौं। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण दिएका छन्। यसअघि केन्द्रीय कमिटीको बैठकबाट नेता नेपाललगायत ४जनासँग स्पष्टीकरण सोध्ने निर्णय भएअनुसार महासचिब ईश्वर पोखरेलले तीन दिन भित्र स्पष्टीकरण दिन पत्र काटेका थिए। सो पत्र काटेको चौथो दिन नेता नेपालले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै ८ पेजको स्पष्टीकरण पत्र पठाएका छन्। जसमा अध्यक्ष ओलीमाथि उल्टै प्रश्न गरिएको छ।

स्पष्टीकरण पत्र भए पनि वरिष्ठ नेता नेपालले सो पत्रको विषय नै ‘स्पष्ट पार्न हुन’ भनेर लेखेका छन्। यतिमात्र होइन पत्रमा लेखिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), केन्द्रीय कार्यालयको नाम र छाप अंकित २०७७ साल चैत्र ८ गतेको मिति उल्लेख गरी मेरो नाममा लेखिएको एउटा पत्र मेरो जानकारी विना नै मेरो घरमा छोडिएको अवस्थामा केही समय अघि फेला परेको र त्यसमा उल्लेखित धेरैजसो विषयमा तपाईले नै नेकपा (एमाले) केन्द्रीय कमिटीको विधिवत् बैठकलाई र त्यस मार्फत् नेकपा (एमाले) पंक्तिलाई स्पष्टीकरण दिनु आवश्यक देखिएकोले सो प्रयोजनका लागि निम्न बमोजिमको तथ्य विवरण प्रेषित गर्दछु।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *