‘सुदूरपश्चिम प्रदेश सरकारले गति लिन सकेन ’
फाइल
सुदूरपश्चिम । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेश सरकारले गति लिन नसकेकोले बताएका छन् ।
आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘‘सुदूरपश्चिम प्रदेश सरकारको विषयमा अहिले केही भनिरहनु पर्छ जस्तो लाग्दैन, पार्टी नेतृत्वले छलफलपछि निकास निकाल्छ ।’’
सञ्चारकर्मीका एक प्रश्नमा उनले नेकपा माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता नलिएसम्म सङ्घीय सरकारमा ठूलै फेरबदल हुने सम्भावना पनि नदेखिएको बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment