सचिन तेन्दुलकर कोरोना संक्रमित

डिसी नेपाल
१४ चैत २०७७ १५:५६
60
Shares

काठमाडौं। भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनले शनिबार सोसल मिडियामा यसबारे जानकारी गराएका हुन् । उनले आफ्नो परिवारका अन्य सबैको रिपोर्ट नेगेटिभ भएको बताए । सचिनले नियमित जाँच गराइरहेको र कोरोनाबाट बच्न सावधानी अपनाइरहेको भए पनि अहिले आफू संक्रमित भएको बताएका छन् । उनले आफूमा हल्का लक्षण देखिएको बताए ।

सचिनले आफू होम क्वारेन्टाइन बसेको र डाक्टरसँग आवश्यक परामर्श लिइरहेको बताएका छन् । मार्च ७ देखि २१ सम्म रायपुरमा आयोजित सडक सुरक्षा विश्व श्रृंखलामा सचिनले सहभागिता जनाएका थिए । उनले यस टुर्नामेन्टमा भारत लिजेन्डको कप्तानी गरे। भारत लिजेन्डले उनको कप्तानीमा यो सिरिज जित्यो । सचिनले भारतका लागि ४६३ एकदिवसीय म्याचमा ४४.०३ को औसतमा १८ हजार ४२६ रन बनाएका छन् । जबकि २०० टेस्ट म्याचमा ५३.७९ को औसतमा १५ हजार ९२१ रन बनाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.