त्रिदेशीय कपः बंगलादेशविरुद्धको पहिलो हाफमा गोलरहित बराबरी

डिसी नेपाल
१४ चैत २०७७ १८:३६
100
Shares

काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय फुटबल अन्तर्गत नेपालले दोस्रो खेलमा बंगलादेशसँग पहिलो हाफमा गोलरहित बराबरी भएको छ ।

दशरथ रंगशालामा भएको खेलमा दुवैतर्फबाट गोलका लागि केही अवसर सिर्जना भए पनि दुवैतर्फको गोल हुन सकेन । नेपाललाई फाइनल पुग्न आजको खेलमा कम्तिमा बराबरी आवश्यक छ ।बंगलादेश भने फाइनल पुगेको छ ।

यसअघि बिहीबार भएको खेलमा नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानको यू–२३ टिमसँग गोलरहित बराबरीमा रोकिएको हो । किर्गिस्तानका कप्तानले दुई वटा पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ । बंगलादेशको १ खेलमा ३ अंक रहेको छ । उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.