आफू सदैव पार्टी एकताको पक्षमाः झलनाथ खनाल
फाइल तस्वीर
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले आफू सदैव पार्टी एकताको पक्षमा रहेको बताएका छन्।
झलनाथ–माधव समूहको केन्द्रीय सदस्यको आयोजित भेलालाई सम्बोधन गर्दै नेता खनालले एकताको पक्षमा आफूहरु निरन्तर प्रयासरत रहेको भन्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले त्यसतर्फ ध्यान नदिएको आरोप लगाए ।
भेलामा सहभागि अर्का वरिष्ठ नेता माधवकुमार नेपालले वैधानिकतामा टेकेर वैधानिक वैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरे । उनले आफूहरु अदालतले गरेको फैसला स्वीकार गरेर अघि बढिरहेको र आगामी दिनमा पनि पार्टीको इतिहास, माया जोगाउन जनताको आशा र भरोसालाई बुझेर निरन्तर अघि बढीरहने धारणा राखे। वरिष्ठ नेता नेपालले भने, पार्टीलाई एक बनाउने हो भने अध्यक्ष ओलीले विशेष पहल कदमीको थालनी छिट्टै शुरु गर्नुपर्छ ।
हिजोदेखि शुरु भएको भेला आज सकिएको छ । भेलामा करिव ८५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिइन् । रासस
No ads found for this position


डिसी नेपाल
Facebook Comment