डि भिलियर्स ईपीएल खेल्ने नेपाल आउने पक्का

डिसी नेपाल
१५ चैत २०७७ ११:५९
320
Shares

काठमाडौं । विश्व क्रिकेट जगतमा एक चर्चित नाम अब्राहम बेंजामिन डी विलियर्स अर्थात एबी डी विलियर्सले नेपालको प्रतिष्ठित क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन । उनी प्रतियोगिताको चौथो सिजन खेल्नका लागि काठमाडौं आउने भएका छन । ईपीएलका निर्देशक अमिर अख्तरले डिसी नेपाललाई बताए अनुसार उनी प्रतियोगिता खेल्ने आउने निश्चित भएको छ । तर उनले कुन टोलीबाट खेल्ने अख्तरले बताउन चाहेनन ।

विश्व क्रिकेट जगतका चर्चित खेलाडी एबी डी विलियर्स दक्षिण अफ्रिकाका पूर्व कप्तान हुन । उनले क्रिकेटको एकदिवसीय र टी–२० फरम्याटमा सबैभन्दा तिव्र गतिमा रन बनाउने किर्तिमान कायम गरेका छन । विकेट किपर ब्याटसम्यानको रुपमा सन २००४ मा दक्षीणका लागि डेब्यु गरेका उनले ७८ टी–२० खेल्दै एक हजार ६ सय ७२ रन प्रहार गरेका छन । उनले चर्चित फे्रन्चाईज लिग आईपीएलमा रोयल च्यालेन्जर बैङलोर बाट क्रिकेट खेल्दै आएका छन । गत बर्षको सिजनमा ईपीएलले अर्का चर्चित खेलाडी क्रिस गेललाई ल्याउने चर्चासँगै नेपाली क्रिकेट विश्वमा तहल्का मच्चाएको थियो । विलियर्स आउने भएपछि पुन विश्वमा एकपटक चर्चित हुने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.