उडिरहेको विमानको इमरजेन्सी ढोका खोल्न खोज्ने यात्रुलाई ४० मिनेटसम्म ‘कब्जा’ गरियो

डिसी नेपाल
१५ चैत २०७७ १२:३१
368
Shares

काठमाडौं। उडिरहेको जहाजको इमरजेन्सी ढोका खोलेर सबै यात्रुको ज्यान जोखिममा पार्न खोज्ने यात्रुलाई भित्रका अन्य यात्रुहरु मिलेर ४० मिनेटसम्म कब्जा गरेर राख्नुपरेको छ । विमान उडिरहेको बेला यी यात्रु अचानक उठेर विमानको इमरजेन्सी ढोकाअगाडि गएर ढोका खोल्न खोजेपछि भित्रका यात्रुमा आतंक फैलिएको थियो । तत्कालै अन्य यात्रुहरुले यी व्यक्तिलाई नियन्त्रणमा लिए र विमान अवतरण नगरुन्जेल ४० मिनेटसम्म नियन्त्रणमै राखे ।

इण्डिया टुडेका अनुसार भारतको राजधानी दिल्लीबाट वाराणासी जाँदै गरेको स्पाइसजेटको जहाजमा यस्तो घटना भएको हो । स्पाइसजेटको एसजी २००३ उडानमा यी यात्रुले इमरजेन्सी ढोका खोल्न गरेको प्रयास अन्य यात्रुहरुले तत्काल विफल पारेका थिए । विमानका केही यात्रुले यी सरकी यात्रुलाई विमानको भुइँमा लडाएर नियन्त्रण गरेका थिए । उनीहरुले यी व्यक्तिलाई ४० मिनेटसम्म हिँडडुल गर्न नसक्ने गरी नियन्त्रणमा राखेका थिए ।

वाराणासीको लाल बहादुर शास्त्री विमानस्थलमा विमान अवतरण गर्नासाथ ती सनकी यात्रुलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । ढोका खोल्न खोज्ने गात्रु गुरुग्रामका गौरव खन्ना भएको बताइएको छ । घटनाका बेला विमानमा ८९ जना यात्रु थिए । हंगामा गर्ने व्यत्तिः गौरव खन्नाको मानसिक स्थिति ठिक नभएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.