प्रथम कालिका गोल्डकप चैत २१ देखि
चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा प्रथम कालिका गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीको आयोजनामा प्रथम कालिका गोल्डकप हुन लागेको हो । यही चैत्र २१ गतेदेखि कालिका नगरपालिका–४ को क्याम्पस खेलमैदानमा फुटबल प्रतियोगिता हुने स्पोर्ट्स एकेडेमीमा अध्यक्ष पूर्ण चौधरीले बताए।
प्रतियोगिताका विजेताले क्रमशः प्रथम हुनेलाई रु एक लाख ११ हजार १११ र द्वितीय हुनेलाई रु ५५ हजार ५५५ पुरस्कार, ट्रफी र प्रमणपत्र प्रदान गरिने चौधरीले बताए। ‘प्रथम कालिका गोल्डकप’ नाम दिइएको यस प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई साइकल पुरस्कार दिइने छ।रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment