सेयर बजार दाेहाेराे अंकले बढ्याे
काठमाडौं। साताको कारोबारोको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ३२ दशमलव १५ अंक बढेसँगै २५ सय ७५ अंकमा पुगेको छ।
मंगलबार कारोबार रकम पनि बढेको छ। कुल १ सय ९ वटा कम्पनीको एक करोड २२ लाख ९ हजार ९ सय ७६ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब १८ करोड भन्दा बढीको कारोबार भएको छ।
मंगलबार बैंकिङ ८, होटल तथा पर्यटन ११२, विकास बैंक ७, जलविद्युत ९५, फाइनान्स २, निर्जीवन बीमा ३९८, अन्य १०, लघुवित्त १४९ र जीवन बीमा १८६ अंकले बढेका छन्।
ब्यापार समूह भने २९ अंकले घट्यो भने उत्पादन १ अंकमुनि रातो रह्यो।
मंगलबार सबैभन्दा धेरै ओमी फाइन्यान्स लगाएत ५ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ।
यस्तै
सबैभन्दा धेरै युनाइटेड इदी मर्दीको मूल्य ५ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा निफ्रा अग्रस्थानमा रह्यो। सो कम्पनीको ४८ करोड रुपैयाँबडीको कारोबार भएको छ।







डिसी नेपाल







Facebook Comment