फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य ११ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ११ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ। मंगलबार ३ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार २९० रुपैयाँमा कारोवार भैइरहेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा खरिदबिक्री भएको थियाे।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment