ऋषभ पन्त दिल्लीको कप्तान

डिसी नेपाल
१७ चैत २०७७ २२:१७
388
Shares

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सको कप्तानी ऋषभ पन्तले गर्ने भएका छन् । कप्तान श्रेयस अयरले चोट बोक्दै आईपीएल गुमाउने भएपछि दिल्लीको कप्तानी ऋषभले गर्ने भएका हुन् ।

इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज दौरान श्रेयसले चोट बोकेका थिए । काँधको चोट बोकेका उनले आईपीएलको यस सिजन गुमाउने छन् । १४ औं संस्करणको प्रतियोगिता अप्रिल ९ बाट सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल मे ३० मा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.