स्मिथसहितका अनुभवीलाई छाडेर ऋषभ पन्तलाई दिल्लीको कप्तान बनाइएपछि हल्लाखल्ला

डिसी नेपाल
१८ चैत २०७७ ११:४८
1.2k
Shares

काठमाडौं। आइपिएल टिम दिल्ली क्यापिटल्सले युवा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई कप्तानको जिम्मेवारी दिएको छ । नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि टिमले पन्तलाई कप्तानी दिएको हो । टिममा निकै अनुभवी खेलाडहिरु हुँदाहुँदै पन्तलाई कप्तानी दिइएपछि सामाजिक संजालमा हल्लाखल्ला भएको छ । सामाजिक संजालमा पन्तको नियुक्तिलाई लिएर मिमहरुको बाढी नै आएको छ ।

मात्रै २३ वर्षका पन्तले अहिलेसम्म कुनै पनि ठूलो प्रतियोगितामा कप्तानी गरेका छैनन् । टिममा उनीभन्दा पाका र ठूला ठूला प्रतियोगितामा कप्तानीको जिम्मेवारी सम्हालिसकेका खेलाडीहरु हुँदाहुँदै पन्तलाई महत्व दिइएपछि सामाजिक संजालमा यस विषयमा प्रश्न उठेको छ । कम उमेरका र कम अनुभवका खेलाडीलाई कप्तानजस्तो जिम्मेवारी दिइएपछि यसको आलोचना पनि भएको छ । पन्तले अहिलेसम्म २० टेस्ट, १८ एकदिवसीय, ३३ टि–२० अन्तर्राष्ट्रिय र ११ टि–२० खेलेका छन् ।

दिल्लीको टिममा स्टिभ स्मिथ, अजिंक्या राहाणे, रविचन्द्रन अश्विन, शिखर धवन जस्ता खेलाडीहरु छन् । कप्तानीका हिसाबले टिमका खेलाडीहरुमध्ये स्टिभ स्मिथ सबैभन्दा अनुभवी छन् । उनले लामो समयसम्म अस्ट्रेलियाको राष्ट्रिय टिमको कप्तानी गरेका छन् । आइपिएलको गत सिजन उनी राजस्थान रोयल्सका कप्तान थिए । स्मिथले अहिलेसम्म ७७ टेस्ट, १२८ एकदिवसीय, ४५ टि–२० अन्तर्राष्ट्रिय र २०९ टि–२० खेलेका छन् ।

अजिंक्या राहाणेले विराट कोहलीको अनुपस्थितिमा कैयौं पटक राष्ट्रिय टेस्ट टिमको कप्तानी गरेका छन् । केही महिनाअघि उनको कप्तानीमा भारतले अस्ट्रेलियासँग उसकै मैदानमा टेस्ट सिरिज जितेको थियो । राहाणेले ७३ टेस्ट, ९० एकदिवसीय, २० टि–२० अन्तर्राष्ट्रिय र २०९ टि–२० खेलिसकेका छन् ।

यस्तै आइपिएल टिम किंग्स ११ पंजाबको नेतृत्व गरिसकेका रविचन्द्रन अश्विन पनि टिममा छन् । अश्विनले ७८ टेस्ट, १११ एकदिवसीय, ४६ टि–२० अन्तर्राष्ट्रिय र २४७ टि–२० खेलेका छन् । यस्तै ३४ टेस्ट, १४२ एकदिवसीय, ६५ टि–२० अन्तर्राष्ट्रिय र २८४ टि–२० खेलेका शिखर धवन पनि टिममा छन् । धवनले भने कप्तानीमा रुचि देखाउँदैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.