बङलादेश र न्युजिल्यान्डबीचको खेलमा ‘डकवर्थ लुइस’ नियमको कारण तिन पटक लक्ष्य परिवर्तन
काठमाडौं । बङलादेश र न्युजिल्यान्ड बीचको खेलमा ‘डकवर्थ लुइस’ नियमको कारण तिन पटक लक्ष्य परिवर्तन भएको छ । म्याक्लिन पार्क मैदानमा टस जितेर फिल्डीङ रोज्दै घरेलु टोली न्युजिल्यान्डलाई पाहुना टोली बङलादेशले पहिले ब्याटिङ गर्ने निम्तो दियो । पहिले ब्याटिङ गरेको घरेलु टोली न्युजिल्यान्ड ठुलो स्कोर बनाउदै अगाडी बढने क्रममा पानी पर्यो र खेल रोकियो ।
खेल रोकिदा सम्म न्युजिल्यान्डले १७.५ ओभरमा ५ विकेट गुमाएर १७३ रन बनाएको थियो । तर ‘डकवर्थ लुइस’ नियम अनुसार बङलादेशले सुरुवातीमा १६ ओभरमा १४८ रनको लक्ष्य पायो । तर खेल फेरि ५ मिनेटका लागि रोकियो र बङलादेशले पुनः १६ ओरभरमा १७० रनको लक्ष्य पायो । तर फेरि लक्ष्यलाई संसोधन गरियो र १७१ रनको लक्ष्य तोकियो । पाहुना टोलीले उक्त लक्ष्य पुरा गर्न सकेन र १६ ओभरमा सात विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो । टोली २८ रनले पराजित भयो ।
खेलपछि बङलादेशका प्रशिक्षक रसेल डोमिङोले आफुले कहिल्यै पनि यस्तो नदेखेको जाहाँ ब्याटिङ गर्ने खेलाडीलाई कुन लक्ष्य पार गनुपर्ने भन्ने थाहा नभएको ईएसपीएन क्रिकइन्फोलाई बताए । “अत्याधिक वर्षा भएको कारण कसैलाई ५–६ ओभर पछाडि कति रन बनाउने थाहानै थिएन ।” उनले भने, “मलाई लाग्दैन कि लक्ष्य सेट गर्नु अघि म्याच सुरु गर्नुपर्दछ। जब हामी म्याच रेफरीलाई भेटयौ, ऊनी क्यालकुलेसन गर्दै थियो। मलाई लाग्छ यदि तपाइँ प्रतिक्षा गर्न सक्नु हुन्छ भने, खेल सुचारु गर्न आवश्यक छैन । हारिन्छ भनेर मैले कुनै बहाना बनाएको होईन, तर यो हाम्रो लागि निराशाजनक रहयो।”
बङगलादेशका कप्तान महमूदुल्लाहले भने, “मलाई लाग्छ कि त्यहाँ धेरै गोलमाल भएको रहेछ किनकि हामीलाई डकवर्थ लुइसको स्कोर के हो भनेर थाहा थिएन र यो स्कोरबोर्डमा निरन्तर परिवर्तन भइरहेको थियो। पहिलो ६ ओभर हामी सही ट्र्याकमा थियौं तर खेल राम्रोसँग समाप्त गर्न सकेनौं।”







डिसी नेपाल








Facebook Comment