लेवानडोस्की विश्वकप फुटबल छनोट खेलबाट बाहिर

डिसी नेपाल
१८ चैत २०७७ १२:४९
260
Shares

काठमाडौं । पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवानडोस्की इंग्ल्याण्ड विरुद्धको विश्वकप फुटबल २०२२ को छनोट खेलबाट बाहिरिएका छन । ३२ वर्षीय बेर्यान म्युनिकका खेलाडी गत् आइतबार एन्डोरा विरुद्धको खेलमा घाइते हुनु पुगे । एण्डोरा ०–३ ले हार्दा लेवान्डोस्की एक्लैले दुई गोल गरेका थिए । लेवान्डोस्की भने नौ दिनपछि च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस सैन्ट जर्माइनको सामना गर्दा फिट भइसक्ने बताइएको छ ।

पोल्याण्डका मिडफिल्डर जेगर्ज रिचोविक र डिफेन्डर कमिल पिटकोस्की कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन । टोलीका अन्य सदस्यको कोरोना रिपोर्ट निगेटिभ आएको पोल्याण्डले जनाएको छ । पोल्याण्ड टोलीका गोलकिपर लुकास कोरप्स्की र लिड्सका मिडफिल्डर मटेज लिच गत् साता सङ्क्रमित भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.