आइपिएलको गजबको रेकर्डः सबैभन्दा धेरै १० शतक बनाएका ३ टिमले उपाधि जितेका छैनन्
काठमाडौं। इण्डियन प्रिमियर लिग केही दिनपछि सुरु हुँदैछ । यो आइपिएलको १४ औं सिजन हो । अहिलेसम्मका १३ सिजनमा कूल १० टिमका ३६ खेलाडीले लिगमा शतक बनाएका छन् । तर, आइपिएलको रोचक तथ्यांकले भन्छ शतक बनाउँदैमा खेल वा उपाधि जितिन्न । किनकि आइपिएलमा सबैभन्दा धेरै शतक बनाउने टिमले उपाधि जितेका छैनन् जबकि सबैभन्दा कम शतक बनाएको टिमले २ पटकसम्म उपाधि जितेको छ ।
अहिलेसम्म आइपिएलमा ३ टिमका खेलाडीले १० भन्दा धेरै शतक बनाउका छन् । तर, यी तीनवटै टिमले एक पटक पनि उपाधि जितेका छैनन् । जबकि १३ सिजनमा केवल एउटा मात्र शतक बनाउन सकेको टिम कोलकाता नाइटराइडर्सले भने २ पटक उपाधि जितेको छ । अहिलेसम्म रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स ११ पंजाबले १३–१३ वटा शतक तथा दिल्ली क्यापिटल्सका खेलाडीले १० शतक बनाएका छन् । तर, यी तीनवटै टिमले उपाधि जित्न सकेका छैनन् ।
आइपिएल इतिहासमा अहिलेसम्म सबेभन्दा धेरै ५ पटक मुम्बइ इण्डियन्सले उपाधि जितेको छ । मुम्बइका लागि अहिलेसम्म केवल ४ वटा मात्र शतक बनेका छन् । मुम्बइका कुनै पनि खेलाडीले बनाएको सबैभन्दा ठूलो स्कोर ११४ रन हो र यो स्कोर श्रीलंकाली अलराउण्डर सनथ जयसुर्याले बनाएका थिए । चेन्नइ सुपरकिंग्सका लागि खेलाडीहरुले अहिलेसम्म ८ शतक बनाएका छन् । चेन्नइले अहिलेसम्म ३ पटक उपाधि जितेको छ । सन्यास लिइसकेका शेन वाटसनले सबैभन्दा धेरै ४ बतक बनाएका छन् । मुरली विजयले २ शतक बनाएका छन् ।
आइपिएलमा सबैभन्दा कम शतक बनाउने टिम कोलकाता नाइटराइडर्स हो । लिगको पहिलो सिजन २००८ मा यो शतक न्यूजिल्याण्डका पूर्वकप्तान ब्रेण्डन म्याकुलमले बनाएका थिए । यो आइपिएल इतिहासकै पहिलो शतक हो । त्यसपछि कोलकाताका कुनै पनि खेलाडीले शतक बनाउन सकेका छैनन् । तर, कुनै शतक नबनाए पनि कोलकाताले २०१२ र २०१४ मा २ पटक उपाधि जितेको छ ।







डिसी नेपाल








Facebook Comment