टी–२० सीरीजमा भारत र पाकिस्तान एक अर्का बिरूद्ध मैदानमा उत्रने
काठमाडौं । भारत र पाकिस्तानबीच हुने क्रिकेट खेलको प्रतीक्षा गरिरहेका फ्यानहरूका लागि खुशीको खबर आएको छ। चिर प्रतिद्वन्द्वी टिमहरु बीच क्रिकेट श्रृंखला आयोजना हुने प्रतिक्षाको समय सकिएको छ । अप्रिल २ देखि सुरु हुने त्रिकोणात्मक टी–२० सीरीजमा भारत र पाकिस्तानको टोली एक अर्काको बिरूद्ध मैदानमा उत्रनेछन। खेलहरू तीन देशहरूको नेत्रहीन क्रिकेट टीमहरूको बीचमा खेलाइनेछ । त्रिकोणात्मक टी–२० सीरीज अप्रिल २ देखि शुरू हुनेछ र ८ अप्रिल सम्म चल्नेछ।
टी–२० सीरीजमा भारत र पाकिस्तान बाहेक तेस्रो टीम बङलादेशको हुनेछ। सबै खेल ढाकामा खेलिने छ। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलका अनुसार पाकिस्तान, भारत र बंगलादेशका त्रिकोणात्मक टी–२० सीरीजमा भाग लिइरहेका छन्। काउन्सिलका एक अधिकारी अनुसार भारत र पाकिस्तानको टोलीबीच श्रृंखलामा पहिलो भिडन्त अप्रिल ४ मा हुनेछ। भारत र बंगलादेशले श्रृंखलाको पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछन्।







डिसी नेपाल








Facebook Comment