दुर्घटनामा ‘मृत्यु’ भएका किशोरका अंग दान गर्नका लागि निकाल्न खोज्दा अचानक ‘बाँचे’

डिसी नेपाल
१८ चैत २०७७ १४:४१
13.5k
Shares

काठमाडौं। दुर्घटनामा परेर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषित गरेका एक किशोरका अंग अन्य व्यक्तिलाई दान गर्नको लागि निकाल्न लागिएको थियो । तर, अंग निकाल्नुभन्दा ठिक अघि ती किशोर तमत्कारिक रुपले बाँचेका छन् । दुर्घटनाको ४ दिनपछि यी किशोरका परिवारलाई उनी ब्रेन डेड भएको भनिएको थियो । ब्रेन डेड अर्थात मस्तिस्क मृत भएका व्यक्ति बाँच्ने सम्भावना हुँदैन ।

द सनका अनुसार १८ वर्षका लेविस रोबर्टसको बाँच्ने सम्भावना नभएको घोषणापछि उनका परिवारले उनका अंग दान गर्ने निर्णय गरेका थिए । उनका अंग निकाल्नको लागि अपरेशनको तयारी गरिएको थियो तर अचानक ती किशोरले आफ्नै क्षमतामा सास फेर्न थाले । जबकि डाक्टरले उनले आफैं सास फेर्न सक्ने सम्भावना शुन्य भएको बताएका थिए । बेलायतको स्टाफोर्डशायरका लेविसको रोयल स्टोक युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

लेविस मार्च १३ का दिन दुर्घटनामा परेका थिए । एक हप्ताअघि अंगदानका लागि अपरेशन गर्नु ठिक अघि ‘दोस्रो’ जीवन पाएका उनको स्वास्थ्य सुधार हुँदै गइरहेको छ । उनको उपचारको लागि आर्थिक संकलन गर्न फण्डराइजिङ अभियान चलाइएको छ जहाँ यो समाचार तयार पार्दासम्म ३३४९ पाउण्ड (५ लाख ४३ हजार रुपैयाँ) जम्मा भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.