सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह- भ्रष्टाचारका सबै फाइल खोल्नुस्, साथमै रहने छौं

डिसी नेपाल
१९ चैत २०८२ १६:०१
84
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका सबै फाइल खोल्न आग्रह गर्दै त्यसमा आफूहरूको साथ रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त आग्रह गरेका हुन्।

जनताको आशा र भरोसाको दियो रहेकाले अहिलेको सरकारले भ्रष्टाचारका सबै फाइल खोल्ने विश्वास व्यक्त गरे।

यस्तै उनले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन्।

उनले भने, ‘जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्। विगतका कमजोरीहरू नदोहोरियोस्। विधिको शासनमा अडिग शासन सञ्चालन होस्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *