रुबिना क्षेत्रीको कप्तानीमा ललितपुर मेयर कपको लागि महिला टोलीको घोषणा

डिसी नेपाल
१८ चैत २०७७ १६:२९
244
Shares

काठमाडौं । प्रादेशिक क्रिकेट संघ प्रदेश नं. १ ले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलिको घोषणा गरेको छ । ललितपुर महानगरपालिकाको सहयोग र नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा यहि २०७७ चैत्र २१ देखि २८ गते सम्म काठमाडौँमा हुन लागेको ललितपुर मेयर कपको लागि प्रदेशले टोली घोषणा गरेको हो ।

प्रतियोगिताको लागि प्रादेशिक क्रिकेट संघ प्रदेश नं. १ ले प्रधानमन्त्री कप २०७७ खेलेका अधिकांस खेलाडीहरुलाई नै टोलीमा निरन्तरता दिएको छ । प्रधानमन्त्री कप २०७७ मा प्रदेश नं. १ ले फाइनल खेलमा ससस्त्र प्रहरी बल (एपीएफ)लाई हराउदै इतिहास रचेको थियो । १४ सदस्य टोलिको नेतृत्व नेपाली राष्ट्रिय महिला टोलिको कप्तान समेत रहेकी रुबिना क्षेत्रीले गर्नेछिन् । रुबिना संगै टोलीमा काजोल श्रेष्ठ (उपकप्तान), अप्सरी बेगम, रोमा थापा, संगीता राई, सबनम राई, ज्योति दनवार, निग्मा तामाङ्ग, निशा शाह, लकिता राजबंशी, अलिशा खडिया, स्मृति कटुवाल, प्रज्ञा कटुवाल र टिका शाह रहेका छन ।

प्रतियोगितामा २०७७ पौष महिनामा लमही, दाङमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुग्न सफल प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. १, नेपाल एपिएफ क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश गरि ४ टिम तथा अन्य प्रदेशहरुको उत्कृष्ट खेलाडीहरु छनौट गरि तयार गरिएको ललितपुर मेयर ११ टिम गरि कुल ५ टिमहरुको सहभागिता रहने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.