जो बाइडेनको कुकुरले फेरि अर्को मान्छेलाई टोक्यो

डिसी नेपाल
१८ चैत २०७७ १७:२८
1.9k
Shares

काठमाडौं। अमेरिकी राष्ट्रपति जो बाइडेनको कुकर मेजरले फेरि अर्को मान्छेलाई टोकेको छ । मेजरले मान्छेलाई टोकेको यो एक महिनामा दोस्रो पटक हो । ह्वाइट हाउसलाई उद्धृत गर्दै द गार्डियनले लेखेअनुसार सोमबार कुकुरले हिँडिरहेका बेला एक जना व्यक्तिलाई टोकेको हो । जिल बाइडेनका प्रेस सेक्रेटरी मिशेल लारोसाका अनुसार मेजर नयाँ ठाउँमा आएकोले त्यहाँको वातावरणसँग भिज्न उसलाई समस्या भएको छ ।

कुकुरले ती व्यक्तिलाई कुखले समातेको भए पनि ती व्यक्तिलाई चोट भने नलागेको बताइएको छ । रिपोर्टरहरुले सोमबार बेलुकी राष्ट्रपति र फर्स्ट लेडी भिएतनाम भेट्रान्स मेमोरियल जानुअघि मेजरलाई ह्वाइट हाउसको लनमा घुमिरहेको देखेका थिए । यो जर्मन सेफर्ड कुकुर ८ मार्चमा सिक्रेट सर्भिसका एक कर्मचारीलाई टोकेपछि गत हप्ता मात्रै ह्वाइट हाउस फर्किएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.