दुर्घटनाग्रस्त विमानलाई रेष्टुरेन्टमा परिणत गरिने
काठमाडौं। ३ वर्षअघि रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको विमानलाई अन्ततः रेष्टुरेन्टमा परिणत गरिने भएको छ । यो विमान ३ वर्षदेखि यत्तिकै रहेको थियो । टर्कीको त्राब्जोन प्रान्तको योमरा शहरको नगर प्रशासनले तीन जना व्यवसायीले यो विमानलाई रेष्टुरेन्टमा परिणत गर्नको लागि ४ मिलियन लिरा (४ करोड ७१ लाख रुपैयाँ) लगानी गर्न लागेको बताएको छ । यो विमान यही सहरमा दुर्घटनाग्रस्त भएको थियो ।
डेली सबाहका अनुसार यो रेष्टुरेन्टमा पाइड नामको खाना पाइनेछ जुन खाना ब्ल्याक सी क्षेत्रमा निकै लोकप्रिय छ । यो विमान २०१८ को जनवरी १३ मा राजधानी अंकाराबाट त्राब्जोन आएको थियो । अवतरण गर्ने क्रममा पाइलटले नियन्त्रण गुमाएपछि विमानले रनवे छाडेर बाहिर माटोमा जोतिएको थियो । विमान समुद्रबाट मात्रै २५ मिटर पर माटोमा जोतिएको थियो । दुर्घटनामा १६२ यात्रु र ६ जना क्रु सदस्यहरु सबै सुरक्षित रहेका थिए ।
विमानलाई त्यहाँबाट निकालेर विमानस्थलमा लगेर महिनौंसम्म राखिएको थियो । त्यसपछि बीमा बक्पनीले यो विमानलाई बिक्रीमा राख्यो । योमरा नगरपालिकाले यो विमानलाई ‘मिलेट किराथानेसी’ बनाउनको लागि लिएको थियो । यो एक किसिमको कफीहाउस पुस्तकालय हो र यो अवधारणा राष्ट्रपति रेसेप तैयप एर्दोगानले लोकप्रिय बनाएका थिए । अब यो विमान ३ महिनाभित्र नयाँ ठाउँमा लगिनेछ जहाँ यसलाई रेष्टुरेन्टमा परिणत गरिनेछ ।







डिसी नेपाल








Facebook Comment