एएफसीको साताको उत्कृष्ट खेलाडीको मनोनयनमा किरण
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ एएफसीको साताको राष्ट्रिय टिमको उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन ।
एएफसीले पछिल्लो पटक भएका खेलमा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । जसमा १० जना खेलाडीलाई राखिएको छ ।
यो मनोनयनमा किरणसँगै ताजिकिस्तानका एलिसेर जाहालिलोभ, जोर्डनका मुसा अल तामारी, बहराईनका मोहमेद मरहुन, इराकका अला अली महावी, साउदी अरेवियाका सलेह अल सेहरी, इरानका सरदार अज्मोउन, जापानका युया ओसाका, कतारका मोहमेद मुन्तारी र यूएईका अली मब्खोतुन रहेका छन ।
सबैले आफ्नो देशका लागि खेल्दा गरेको प्रदर्शनका आधारमा मनोनयनमा परेको एएफसीले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment