तीन टोली फुटसलको उपाधि नजिक

डिसी नेपाल
१९ चैत २०७७ २२:५०
32
Shares

काठमाडौं । शीर्ष तीन टोली प्रथम भिजनोभा उपत्यकाव्यापी अन्तर विद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

आज भएको खेलमा ब्राइट फ्युचरले कुलेश्वर आवास स्कुल ‘ए’ लाई टाइब्रेकरमा ४–२ गोलले पराजित ग¥यो । दुवै टोलीबीचको खेल निर्धारित समयमा २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरका आधारमा विजेताको छिनोफानो गरिएको हो । यस्तै अर्को खेलमा विश्वनिकेतनले हिमशिखरलाई ६–० गोलले हरायो । विश्वनिकेतनका लागि अनिल नगरकोटीले ह्याट्रिक गरे । यस्तै विकेश शाही र सञ्जोग वाइबाले एक एक गोल गर्नुभयो । हिमशिखरले एउटा आत्माघाती गोल गर्न पुगेको थियो । यसैगरी माउन्ट ग्लोरीले ब्राइट एन्जल्स ‘ए’ माथि ३–० गोलको जित दर्ता ग¥यो । तीनवटै गोल एलेक्स पौडेलले गरेका हुन् ।

प्रतियोगिताको पहिलो चरणमा शीर्ष तीन स्थानमा रहने टोली उपाधि होडमा प्रवेश गरेका हुन् । अब ब्राइट फ्युचर, विश्वनिकेतन र माउन्ट ग्लोरीबीच राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुने छ । सबैभन्दा बढी अङ्क ल्याउने टोलीले उपाधि जित्नेछ । बल्खुको मदननगरस्थित भिजनोभा रिक्रिएसन सेन्टरद्वारा आयोजित सो प्रतियोगिताको शीर्ष तीन टोलीले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पुरस्कार प्राप्त गर्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.