अमेरिकी राज्य फ्लोरिडामा विषाक्त पानी चुहावट हुँदा ३०० घरपरिवार प्रभावित

डिसी नेपाल
२२ चैत २०७७ २२:५३
36
Shares

फ्लोरिडा । अमेरिकाको फ्लोरिडामा विषाक्त पानीयुक्त पोखरीको पानी चुहावटपछि कम्तीमा ३०० घर परिवार प्रभावित बनेका छन् । स्थानीय प्रशासनले उक्त क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेको छ ।

फ्लोरिडाको टाम्पा बे क्षेत्रमा आपतकालीन अवस्था लागु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जानकारी गराएको छ । सो क्षेत्रका ३०० भन्दा बढि घरका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान भनिएको छ । पिनी पोइन्ट बाँध क्षेत्रको मार्ग बन्द गरिएको छ ।

स्थानीय बासिन्दालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनमा तत्काल घर छोडी सुरक्षित स्थलतर्फ जान भनिएको छ । ३१ हेक्टर क्षेत्रमा फैलिएको ठूलो बाँधबाट चुहिएको उक्त पानीमा फस्फोरस र नाइट्रोजन मिसिएको बताइउको छ । ती पदार्थ पुरानो फस्फेट प्लान्टबाट निस्किएका विश्वास गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.