को हुन् यी सुन्दरी ? जसलाई संसारकै सबैभन्दा महंगो ट्राफिक जाम गराएको आरोप लाग्यो
काठमाडौं। यी सुन्दर महिलामाथि संसारकै सबैभन्दा महंगो ट्राफिक जाम गराएको आरोप लाग्यो । केही दिनअघि इजिप्टको स्वेज नहरमा इभर गिभन नामको कार्गो जहाज फसाएर संसारकै सबैभन्दा महंगो ट्राफिक जाम गराएको आरोप उनीमाथि लागेको थियो । जहाज त्यहाँबाट हटाइएको छ तर यसको कारणबारे जाँच भइरहेको छ ।
View this post on Instagram
यी महिला इजिप्टकै प्रथम महिला क्याप्टेन हुन् । २९ वर्षीया शिप क्याप्टेन मार्वा एल्सेलेहदरले इन्टरनेटमा केही यस्ता समाचार देखिन् जसमा स्वेज नहरमा एभर गिभन जहाज मार्वाका कारण फसेको भनिएको थियो । तर, मार्वा भने त्यतिबेला कैयौं माइल टाढा अलेक्जेन्ड्रियामा आएडा फोर नामको जहाजमा फर्स्ट मेटको रुपमा काम गरिरहेकी थिइन् ।
View this post on Instagram
इन्टरनेटमा चलिरहेका यी खबरमा भने स्वेज नहरमा भएको घटनामा मार्वा संलग्न भएको दावी गरिएको थियो र उनका इन्स्टाग्राम तस्वीरहरु एडिट गरेर समाचारको साथमा पोस्ट गरिएको थियो । रिपोर्टका अनुसार यो समाचार सबैभन्दा पहिले अरब न्यूज नामको वेबसाइटबाट बाहिरिएको थियो ।
View this post on Instagram
बीबीसीसँग कुरा गर्दै मार्वाले भनिन् ‘यो फेक समाचार अंग्रेजीमा थियो, यही कारण यो निकै छिटो फैलियो । यो खबरले मेरो प्रतिष्ठामा ठूलो क्षति पुग्न सक्थ्यो त्यसैले मैले लगातार यसको खण्डन गरिरहें । मलाई लाग्छ यो विषयमा मलाई यसकारण पनि निशाना बनाइयो किनकि म यस क्षेत्रमा सफल महिला हुँ र म इजिप्टकी हुँ । तर, म स्पष्ट रुपमा भन्न सक्दिन कि यो खबर फैलाउनुको उद्देश्य के थियो ।’
View this post on Instagram
मार्वाका अनुसार उनलाई सधैं समुद्रसँग प्रेम छ । मार्वाका अनुसार उनका दाजु एएएसटिएमटीमा भर्ना भएपछि उनले पनि मर्चेन्ट नेवीमा जान प्रेरणा पाएकी थिइन् । तर, त्यतिबेला यो क्षेत्रमा पुरुषहरुले मात्र भर्ना पाउँथे । तैपनी मार्वाले आवेदन दिइन् र इजिप्टका राष्ट्रपतिको समीक्षापछि उनले भर्ना पाइन् । मार्वाले अर्को महिना अन्तिम परीक्षा दिँदैछिन् त्यसपछि उनले क्याप्टेनको पूर्ण बरियता पाउनेछिन् ।







डिसी नेपाल








Facebook Comment