एपीएफको अपराजित यात्रा कायमै, मेयर–११ माथि १० विकेटको जित

डिसी नेपाल
२४ चैत २०७७ १२:११
72
Shares

काठमाडौं । ललितपुर मेयर कप महिला टी २० क्रिकेट प्रतियोगितामा बिभागीय टोली नेपाल एपीएफ क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । आज भएको खेलमा एपीएफले मेयर–११ लाई १० विकेटले पराजित गरेको छ । कीर्तिपुर स्थित टियु मैदानमा टस हारेर बलिङ गरेको एपीएफले मेयर–११ लाई ६६ रनमै रोक्न सफल भयो । मेयर ११ का लागि कञ्चन श्रेष्ठले (१७), सरस्वती चौधरीले (१२) र सन्तोषी चौधरीले अविजित (१३) रनको बनाउन बाहेक अन्य खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । बलिङमा एपीएफका लागि बिनु बुढा मगरले ४ ओभरमा ११ रन दिदै ४ विकेट लिईन । रेखा रावल २ तथा सुमन बिष्ट, करुणा भण्डारी र सिता राना मगरले समान एक–एक विकेट लिईन ।

एपीएफले विना कुनै विकेट गुमाई ६७ रनको लक्ष्य सहजै पुरा गर्यो । टोलीका लागि ओपनर राजमती ऐरीले ३१ बलमा ४ चौंकाको मद्दतले अविजित ३३ रन बनाईन । अर्का ओपनर ईन्दु बर्माले पनि २४ बलमा ३ चौंकाको मद्दतले २८ रन बनाईन । खेलको म्यान अफ द म्याच एपीएपकी बिनु बुढा मगर भईन ।

प्रतियोगिता अन्तर्गत आजको दोस्रो खेलमा प्रदेश नम्बर एकको महिला टोली र सुदुर पश्चिम प्रदेशको महिला टोलीबीच खेल हुनेछ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.