भारतको नयाँ दिल्लीमामा आयोजना हुने बक्सिङ प्रतियोगिताको छनोट आइतबारदेखि

डिसी नेपाल
२६ चैत २०७७ १०:१४
88
Shares

काठमाडौं । नेपाल बक्सिङ संघले एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट प्रतियोगिता आइतबारदेखि सञ्चालन गर्ने भएको छ । एसियाली बक्सिङ महासंघ (एएसबीसी)को आयोजनामा भारतको नयाँ दिल्लीमा मे २१ देखि ३१ तारिखसम्म प्रतियोगिता संचालन हुँदैछ । पुरुष तर्फ ४९, ५२, ५५, ६०, ६४, ६९, ७५ केजी र ९१ केजीमाथि गरी ८ तौलसमूहमा प्रतिस्पर्धा हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । महिला तर्फ ४८, ५१, ५४, ५७, ६०, ६४ र ६९ केजी गरी ७ तौलसमूहमा भिडन्त हुनेछ ।

बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगितामा कुनैपनि प्रदेश, राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडीले सहभागिताको अवसर पाउने बताइएको छ । १९ देखि ४० वर्ष भित्रका खेलाडी छनोटमा सहभागी हुन योग्य हुने संघले जनाएको छ । कुन तौलसमूहका खेलाडी सहभागिता गराउने भन्ने विषयमा खेलाडीको प्रदर्शन र उत्कृष्टताको आधारमा संघले निर्णय गर्ने प्रवक्ता अवालेले जानकारी गराए ।

खेल सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा हुने छ । कोरोना भाइरस (कोभिड– १९)लाई ख्याल गर्दै एक बाउटमा ३ प्रशिक्षक वा सहयोगी मात्र खेल स्थलमा प्रवेश गर्न पाउने छन् । त्यस्तै बक्सिङ संघले आमन्त्रण गरेका सीमित अतिथि बाहेक दर्शकलाई हल भित्र प्रवेश निषेध गरिएको छ । छनोट चैत ३१ गतेसम्म चल्ने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.