त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

डिसी नेपाल
२६ चैत २०७७ ११:१९
148
Shares

काठमाडौं । नेपालले घरेलु भूमिमा खेल्न लागेको त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ । क्रिकेट वेवसाईट क्रिकईन्फोका अनुसार नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्स बिरुद्व वैशाख ४ मा खेल्नेछ । टियु क्रिकेट मैदानमा बैशाख ४ देखि ११ गतेसम्म हुने सिरिजमा घरेलु टोली नेपालसँगै नेदरल्यान्ड्स र मलेसियाको सहभागिता रहने छ ।

सिरिजमा नेपालले आफ्नो दोस्रो खेल वैशाख ६ गते मलेसिया बिरुद्व खेल्नेछ । तेस्रो खेलमा नेपालले वैशाख ६ गते पुनः नेदरल्यान्ड्स बिरुद्व खेल्नेछ भने वैशाख ९ गते आफ्नो सिरिजको लिगको अन्तिम खेल मलेसिया बिरुद्व खेल्नेछ । लिगमा शीर्ष दुईमा रहने सके नेपालले वैशाख ११ गते फाइनल खेल्ने छ । क्यानले त्रिकोणात्मक मूल्य १ सय ५० रुपैयाँ तोकेको छ । खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्ने छ । मुख्य प्रायोजनमा बजाज पल्सर छ । खेल दिउँसो २ः१५ देखि ५ः१५ सम्म हुने छ । नेपालले टियु मैदानमा पछिल्लो समय गतवर्ष माघमा ओमान र अमेरिकासँग आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओडिआई त्रिकोणात्मक सिरिज खेलेको थियो । नेपालले १४ महिनापछि अन्तर्राष्ट्रिय खेल खेल्दै छ । नेपालले पछिल्लो पटक फागुन थाईल्यान्डमा एसिसी इस्टर्न रिजन टि२० एसिया छनोट खेलेको थियो । प्रशिक्षक देभ ह्वाटमोरको प्रशिक्षकमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल समेत खेल्ने छ । हाल नेपाली टोली बन्द प्रशिक्षणमा ब्यस्त रहेको छ ।

क्रिकइन्फोका अनुसार त्रिकोणात्मक सिरिजको खेल तालिका

वैशाख ४ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ५ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ६ : नेपालविरुद्ध मलेसिया

वैशाख ७ : नेपालविरुद्ध नेदरल्यान्ड्स

वैशाख ८ : नेदरल्यान्ड्सविरुद्ध मलेसिया

वैशाख ९ : नेपालविरुद्ध मलेसिया

वैशाख १० : विश्राम

वैशाख ११ : फाइन (लिगपछि शीर्ष दुईटोली)

बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीः

ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी,करण केसी,सन्दीप लामिछाने, अविनाश बोहरा, आरिफ शेख,आशिफ शेख,कुशल भुर्तेल, कुशल मल्ल,लोकेश बम, कमल सिंह ऐरी,सुशन भारी,शाहब आलम,सन्दीप जोरा, बिक्रम सोब, पवन सर्राफ, ललित नारायण राजवंशी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.