आठौं राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको प्रवेश परीक्षा असारमा

डिसी नेपाल
२७ चैत २०७७ २२:०८
24
Shares

काठमाडौं । आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०२१ को पहिलो चरणको परीक्षा आगामी असार १२ गते शनिबार हुने भएको छ । यही चैत २८ गते परीक्षा गर्ने सम्पूर्ण तयारी पूरा भइसकेकामा देशका विभिन्न स्थानबाट शिक्षक तथा विद्यार्थीले कोभिड–१९ ले सिर्जना गरेको परिस्थितिमा भाग लिन नसक्ने जानकारी गराएपछि केही समय सारिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

देशभर परीक्षाका तयारी भए पनि कोरोना महामारी पुनः फैलन थालेकाले पछि सार्न अनुरोध भएको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। आठौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको पहिलो चरणमा सहभागी विद्यार्थीको अन्तर्राष्ट्रिय सहभागिताको अवसर नगुम्ने गरी आउँदो असार १२ गते शनिबार परीक्षा सञ्चालन गर्ने निर्णय सोसाइटीको बैठकले गरेको उनले बताए ।

यो निर्णयसँगै परीक्षाको आवेदन पुनः खुलाइएको छ । बैठकले आवेदन दिने अन्तिम मिति आउँदो असार ५ गतेसम्म कायम गरेको छ । इच्छुक विद्यार्थीले आफ्ना विद्यालय तथा विज्ञान शिक्षकमार्फत् वा सोझै सोसाइटीका प्रदेश संयोजकलाई आफ्ना आवेदन दिन सक्नेछन् । यसो गर्न पनि सम्भव नहुने विद्यार्थीको हकमा इमेलमार्फत आवेदन दर्ता गराउन सकिने व्यवस्था समेत गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.