आईपीएलः पहिलो खेलमै डिभिलियर्सको विस्फोटक ब्याटिंग, मुम्बई पराजित
काठमाडौं। आईपीएलएको १४ औं संस्करणको पहिलो खेलमा गत सिजनको विजेता मुम्बई इण्डियन्स रोयल च्यालेन्जर्स बंगलोर (आरसीबी)सँग पराजित भएको छ। आरसीबीको जितमा एबी डिभिलियर्सले विस्फोटक ब्याटिंग गर्दै जित पक्का गरे। आरसीबीले मुम्बईलाई २ विकेटले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले १५९ रन बनाएको थियो। १६० रन बनाएको आरसीबीको ओपनिंग राम्रो हुन सकेन। उसले पहिलो विकेट सस्तैमा गुमाएको थियो। तर, डिभिलियर्सले विस्फोटक ब्याटिंग गर्दै जित दिलाए। उनले २७ बलमा ४७ रन बनाए।
खेल चेन्नईको चेपक मैदानमा भएको थियो। शनिबार दोस्रो खेल मुम्बईको बांखडे मैदानमा दिल्ली क्यापिटल्स र चेन्नई सुपरकिंग्सबीच हुनेछ। कोरोनाको कारण स्टेडियममा दर्शक भने छैनन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment