ला लिगाः एल क्लासिको भिडन्त आज

डिसी नेपाल
२८ चैत २०७७ १८:०६
60
Shares

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एल क्लासिको खेल आज (शनिबार) हुँदैछ । उपाधि होडमा रहेको रियल मड्रिड र बार्सिलोना आज राति आमने सामने हुँदैछन् । रियलको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ ।

शनिबार रातिको खेलमा जित निकाल्ने टिमले ला लिगाको शीर्ष स्थान कब्जा गर्नेछ । एट्लेटिको मड्रिड ६६ अंक सहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोना ६५ अंक छ । रियल मड्रिड ६३ अंक छ तेस्रो स्थानमा छ ।

स्याटियागो वर्नवेउ पुनर्निमाणका रहेका कारण रियलले एल–क्लासिकोलाई स्टाडियो अल्फ्रेडो डी स्टिफानोका मैदानमा आयोजना गर्दैछ । कोरोना कहरका कारण खेल बन्द रंगशालामा खेलाईनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.