आईपीएलः दिल्लीले टस जितेर बलिङ गर्ने
काठमाडौं । ईण्डियन प्रिमियर लिग टी२० क्रिकेटको दोस्रो खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । वान्खडे स्टेडियम मुम्बईमा हुने खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको छ।
दिल्लीले आफ्नो पहिलो खेलमा विदेशी खेलाडीहरु मार्कुस स्टोईनिस, सिमरन हेटमायर, क्रिश वोक्स र टम करनलाई प्लेईंग ११ मा राखेको छ । यस्तै चेन्नईले फाफ डु प्लेसिस, मोइन अली, शाम करन र ड्वेन ब्राभोलाई मौका दिएको छ । दुवै टोली आज आफ्नो पहिलो खेल खेल्दैछन् ।
शुक्रबारदेखि सुरु भएको आईपीएलको पहिलो खेलमा बैंग्लोरले साविक विजेता मुम्बईलाई पराजित गरेको थियो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment