चेन्नईद्वारा दिल्लीलाई १८९ रनको लक्ष्य

डिसी नेपाल
२८ चैत २०७७ २१:४५
40
Shares

काठमाडौं । ईण्डियन प्रिमियर लिग आईपीएलको दोस्रो खेलमा चेन्नईले दिल्लीलाई १८९ रनको लक्ष्य दिएको छ । मुम्बईमा भएको खेलमा चेन्नईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १८८ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईका लागि सुरेश रैनाले ५४ रनको अर्धसतकीय पारी खेले । यस्तै मोइन अलीले ३६ तथा रविन्द्र जडेजाले २६ रन बनाउँदा शाम करनले आक्रामक ब्याटिङ गर्दै ३४ रन बनाए । दिल्लीका आभेष खान र क्रिश वोक्सले २/२ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.