राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

डिसी नेपाल
२८ चैत २०७७ २२:१७
28
Shares

ताप्लेजुङ । ताप्लेजुङको तीन गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता खेल आज सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका, पाथीभरा याङवरक गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा छनोट प्रतियोगिता सम्पन्न भएको खेलकूद विकास समिति ताप्लेजुङका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए ।

उनका अनुसार हरेक पालिकाबाट भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो खेलका लागि दुई–दुईवटा विद्यालय छनोट भएका छन् । छनोट प्रतियोगिता जारी रहेको बाँकी छवटा पालिकाको खेल यही चैत ३० गते सम्पन्न हुने पौडेलले जानकारी दिए । त्यस्तै जिल्लास्तरीय प्रतियोगिता भने आगामी वैशाख २ गतेदेखि भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा हुनेसमेत उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.