पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता हुँदै

काठमाडौं। राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप समितिले आगामी बैशाख ८, ९, १० गते उक्त भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ।
‘समान र सम्मान हाम्रो चाहाना, विभेदरहित समाज हाम्रो परिकल्पना’ प्रतियोगिताको मूल सन्देश रहेको छ। आयोजक समितिका संयोजक जाङबु शेर्पाका अनुसार सो प्रतियोगिता पासाङ ल्हामु शेर्पाको जन्मस्थल, खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सुर्केमा हुनेछ।
प्रतियोगिताले पर्यटन प्रवद्र्धन, महिला शसक्तिकरण र समानताको आवाजलाई खेलको माध्यमबाट प्रवद्र्धन गर्ने आयोजकको विश्वास छ। प्रथम महिला सगरमाथा आरोही राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल गाउँस्तरीय पुरुष र जिल्लास्तरीय खुला महिला भलिबल प्रतियोगिता हुने शेर्पाले जानकारी दिए।
कार्यक्रममा समाजलाई योगदान गरेका अग्रज व्याक्तित्वहरुलाई सम्मान गर्ने जनाइएको छ। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले सो खेलकुदलाई सहयोग स्वरुप उपकरणहरु दिने बताए।
Facebook Comment