नयाँ वर्षमा नुवाकोटको शिवपुरीमा रेस्लिङ महाभिडन्त हुने

डिसी नेपाल
२९ चैत २०७७ १८:१३
352
Shares

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सुर्यचौरमा वैशाख १ गते रेस्लिङको महाभिडन्त हुने भएको छ। आरडब्लु समर स्लाइम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा नेपाल रिङ रेसलिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह आयोजना हुन लागेको हो।

नयाँ वर्षका दिन दिउँसो २ बजे सुरु हुने भिडन्तमा हेभी वेट अन्तर्गत राष्ट्रिय रिङ रेस्लिङ विजेता नुवाकोटे टाइगर र चट्टान भिडने छन्। त्यस्तै लाइट हेभीतर्फ डेभिड र साइन, हलुका तौलमा एक्स हिरो र सिजे भिड्नेछन्। महिलातर्फ तानु, दिलसा र डेनिकाबीच भिडन्त हुनेछ भने हार्ड कोरतर्फ द युब र थागु भिड्नेछन्। प्रतियोगितामा बिकास खड्काले रेफ्रीको भूमिका निभाउने छन्।

आइतवार शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेसलिङ प्रतियोगिताको बारेमा जानकारी गराएको छ। कार्यकंममा संघकी महासचिव सुर्वण श्रेष्ठ र कोषाध्यक्ष कमल तामाङ लगायात शिवपुरी गाउँपालिकाका अध्यक्ष राम कृष्ण थापा सहित वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

राजधानी काठमाडौंदेखि नजिकै रहेको शिवपुरी गाउँपालिकाको पर्यटकीय गन्तव्य सूर्य चौरलाई थप पहिचान दिलाउन नेपाल रिङ्ग रेस्लिङ्ग संघको आयोजना, गाउँपालिकाको सह आयोजना र राष्ट्रिय खेलकुद परिषद, खेलकुद विकास परिषद बागमती प्रदेशको सहयोगमा उक्त प्रतियोगिता गर्न लागिएको संघले जनाएको छ।

प्रतियोगितामा १६ खेलाडीहरुले ५ वटा समूहमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको लाईट वेट तौल समुहको विजेताले नगद ८ हजार, ट्रिपल थ्रेटले नगद १० हजार, लाईट हेभी वेटको विजेताले नगद १२ हजार, हार्डकोरका विजेताले नगद १५ हजार र हेभी वेट विजेताले नगद २० हजार प्राप्त गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.