नेपालले मे महिनामा नामिबियासँग एकदिवसीय सिरिज खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको छ ।
क्यानको कार्यालय मुलपानीमा बसेको बैठकले आगामी मे महिनाको तेस्रो साता नामिबियासँग एकदिवसीय क्रिकेट सिरिज सञ्चालनका लागि तयारी गर्ने निर्णय गरिएको जनाएको हो ।
यस्तै महिला टोलीले भारतीय टोलीसँग मैत्रीपूर्ण टी२० र एकदिवसीय सिरिज खेल्ने पनि क्यानले जानकारी दिएको छ । नेपाली राष्ट्रिय क्रिकेट महिला टोलीले भारतको उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने भएको हो ।
क्यानका अनुसार नेपालले अप्रिलको तेस्रो साताबाट नेपाली महिला टोलीले उत्तराखण्ड महिला क्रिकेट टिमसँग सिरिज खेल्ने पक्का भएको जनाएको छ ।
यस्ता छन् क्यान बैठकले गरेका निर्णयहरु








डिसी नेपाल








Facebook Comment