राणाको उत्कृष्ट ब्याटिङमा हैदराबादलाई बलियो लक्ष्य
काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गतको आजको खेलमा कोलकत्ता नाइट राइडर्सले सनराईजर्स हैदराबादलाई बलियो लक्ष्य दिएको छ । चेन्नाईमा भएको खेलमा कोलकत्ताले हैदराबादलाई १८८ रनको लक्ष्य दिएको छ ।
कोलकत्ताले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनायो । त्यसका लागि ओपनर नितिश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरि ८० रन बनाए । यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले २२ रन बनाए ।
हैदराबादका राशिद खान र मोहम्मद नाबीले २/२ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment