कोलकत्ताले हैदराबादलाई हरायो
काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गतको आइतबार भएको खेलमा कोलकत्ताले हैदराबादलाई पराजित गरेको छ । चेन्नाईमा सम्पन्न खेलमा कोलकत्ता १० रनले विजयी भएको हो ।
कोलकत्ताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रनमा रोकियो । त्यसका लागि मनिष पान्डेले ६१ तथा जोनी बेयरस्टोले ५५ रन बनाएपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । कोलकत्ताका प्रशिद्द कृष्णले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । त्यसका लागि ओपनर नितिश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरि ८० रन बनाए । यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले २२ रन बनाए । हैदराबादका राशिद खान र मोहम्मद नाबीले २/२ विकेट लिए ।







डिसी नेपाल








Facebook Comment