एक वर्षमा एकहजारभन्दा धेरै बलात्कारका घटना
काठमाडौं। प्रहरी प्रधान कार्यालयले आत्महत्याको दर बढेको जनाएको छ। प्रहरी प्रधानकार्यालयले देशभरको तथ्यांक सार्वजनिक गर्दै आत्महत्याको दर बढेको जनाएको हो। आत्महत्यासँगै गत वर्षको तुलनामा यस वर्ष व्यक्ति हत्या २१ प्रतिशतले बढेको छ। व्यक्ति हत्याको तुलनामा आत्महत्याको दर २७ प्रतिशतले बढेको प्रहरीले जनाएको छ।
देशभरका प्रहरी कार्यालयमा दर्ता भएको जाहेरीको आधार सार्वजनिक गरिएको तथ्यांकमा गतवर्षको तुलनामा यो वर्ष आत्महत्याको दर निकै बढेको र व्यक्ति हत्यापनि बढेको जनाएको छ। प्रहरी प्रधानकार्यालय दिएको जानकारी अनुसार बलात्कारको दर पनि बढेको छ। प्रहरीले बलात्कारका घटनामा ११.२१ प्रतिशत आफन्त संलग्न रहेको दावी गरेको छ। चिनजान तथा आफन्त संलग्न रहेको प्रतिशत करिब ८२ घट्ना रहेका छन्।
प्रहरी प्रधानकार्यालयका प्रवक्ता एसएसपी वसन्त बहादुर कुँवरका अनुसार चार सय ४७ वटा व्यक्ति हत्याका घटनाहरु भएका छन्। यसैगरी आत्महत्याका ४ हजार ४ सय ८३ वटा घटना र बलात्कारका एक हजार ६ सय ५३ छन्। व्यक्ति हत्या २१.१३, बलात्कार १५.६७ र आत्महत्याका घटना २६.८५ प्रतिशतले बढेको हो। प्रहरी कार्यालयमा उजुरी गर्न गए कानुन बमोजिम कारवाही हुने विश्वास सर्वसाधरणमा बढेका कारण धेरै धेरै मुद्दाहरु प्रहरीमा आउने गरेको पनि प्रहरी प्रवक्ता कुँवरको दावी छ।
अपहरणका ६३, लागु औषधका एक हजार ९ सय ८३, मानव बेचबिखन तथा ओसारपसारका ६५, चोरीका एक हजार पाँच सय ६९, बैङ्किङ कसुरका एक हजार ६ सय ८८ र साइबर अपराधका ३० वटा घटना भएको पनि एसएसपी कुँवरले जनाएका छन्।
यो वर्ष विभिन्न कसुरमा गरी २६ हजार ३ सय ६ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो वर्षको यो अवधिको तुलनामा १६.१६ प्रतिशतले मुद्दा बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘अहिलेको अवस्थामा संख्या बढ्को भनेको प्रहरीको सक्रियता पनि बढेको सर्वसाधारण पनि सचेत भएको अवस्था हो पहिला पहिला धेरै घट्नाहरु बाहिर आउदैनथे प्रहरीमा नपुग्दै मिलापत्रमा टुग्याइन्थ्यो अहिले भने प्रहरी कार्यालयमा आए मुद्धा गएका छन् कानुनी दायरामा आएका छन्’, एसएसपी कुँवरले भने।
यसवर्ष फरार अभियुक्तहरुको पक्राउ दरपनि बढेको छ। प्रहरी प्रधान कार्यालयले अघिल्लो आर्थिक वर्षको सुरुको भन्दा अहिलेको तुलनामा फरार पक्राउ एक सय ३८ प्रतिशतले बढेको जनाएको छ। ‘चालु वर्षमा ४ हजार ७ सय५ जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ परेकाको संख्या १३८.२२ प्रतिशतले बढेको हो’, एसएसपी कुँवरले भने। प्रहरीले यसैवर्ष धेरै अपराधी पक्राउ परेको जनाएको छ। ‘केही अपवाद बाहेक प्रायः अपराधका घटनामा प्रहरीले सफलता हासिल गरेको छ’, एसएसपी कुँवरको दावी छ।















Facebook Comment