क्रिकेटका सबै फर्म्याटमा कोहली राज सकियो, पाकिस्तानी कप्तानले तोडे साढे ३ वर्षको राज

डिसी नेपाल
२ वैशाख २०७८ ११:१०
1.2k
Shares

काठमाडौं। क्रिकेटका तीनवटै फ्म्याट टेस्ट, एकदिवसीय र टि–२० अन्तर्राष्ट्रियमा भारतीय कप्तान विराट कोहलीको राज समाप्त भएको छ । एकदिवसीय क्रिकेटको ब्याटिङ बरियतामा विगत ४१ महिनादेखि शीर्ष स्थानमा रहेका विराट कोहलीको राज पाकिस्तानी कप्तार बाबर आजमले तोडिदिएका छन् ।

अब क्रिकेटका कुनै पनि फर्म्याटमा विराट कोहली शीर्षमा रहेनन् । टेस्ट बरियतामा न्यूजिल्याण्डका कप्तान केन विलियमसन शीर्षमा छन् । दोस्रोमा अस्ट्रेलियाका स्टिभ स्मिथ, तेस्रोमा अस्ट्रेलियाकै मार्नुस लाबुशाने, चौथोमा इङल्याण्डका कप्तान जो रुटपछि पाँचौं स्थानमा मात्र कोहली छन् ।

शीर्ष १० मा कोहलीपछि छैटौंमा पाकिस्तानी कप्तान बाबर आजम नै छन् । सातौंमा भारतका ऋषभ पन्त, आठौंमा न्यूजिल्याण्डका हेनरी निकोलस, नवौंमा भारतका रोहित शर्मा र दशौंमा अस्ट्रेलियाका डेभिड वार्नर छन् ।

यस्तै एकदिवसीय ब्याटिङ बरियतामा कोहलीलाई पछि पार्दै पाकिस्तानी कप्तान बाबर आजम शीर्षमा आएका छन् । दोस्रोमा विराट कोहली, तेस्रोमा भारतकै रोहित शर्मा, चौथोमा न्यूजिल्याण्डका रस टेलर, पाँचौंमा अस्ट्रेलियाका आरोन फिन्च, छैटौंमा इङल्याण्डका जोनी बेयरिस्टो, सातौंमा पाकिस्तानमा फखर जमान, आठौंमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस, नवौंमा अस्ट्रेलियाका डेभिड वार्नर र दशौंमा वेष्ट इण्डिजका साइ होप छन् ।

टि–२० अन्तर्राष्ट्रियको शीर्षमा इङल्याण्डका डेविड मलान छन् । दोस्रोमा अस्ट्रेलियाका कप्तान आरोन फिन्च र तेस्रोमा पाकिस्तानका कप्तान बाबर आजम छन् । चौथोमा न्यूजिल्याण्डका डेवोन कनवे, पाँचौंमा भारतका कप्तान विराट कोहली, छैटौंमा भारतका लोकेश राहुल, सातौंमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, आठौंमा न्यूजिल्याण्डका मार्टिन गुप्टिल, नवौंमा दक्षिण अफ्रिकाका रुसी भान डेर डुसेन र दसौंमा अफगानिस्तानका हजरतुल्लाह जजाइ छन् ।

स्मरणीय कुरा यो बरियता सार्वजनिक भएकै दिन आजमले दक्षिण अफ्रिकाविरुद्ध तुफानी इनिङ खेल्दै ५९ बलमा १२२ रन बनाएका छन् । उनको यो इनिङ अहिलेको बरियतामा गनिएको छैन । अर्को हप्ता नयाँ बरियता सार्वजनिक हुने हुँदा यो इनिङ गणनापछि आजमले टि–२० अन्तर्राष्ट्रियमा पनि छलाङ मार्ने निश्चित छ ।

अर्कोतर्फ अहिले आइपिएल चलिरहेको र धेरै खेलाडीहरु आइपिएलमा व्यस्त भएकोले उनीहरु अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । यस्तोमा बरियताको शीर्षमा पुग्न आजमलाई निकै सजिलो छ । आइपिएलमा अरु सबै देशका खेलाडीहरु खेले पनि पाकिस्तानी खेलाडीहरु भने खेल्दैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.