तातोपानीमा राष्ट्रव्यापी महिला भलिबल

डिसी नेपाल
३ वैशाख २०७८ १२:२८
168
Shares

काठमाडौं । भोटेकोशी गाउँपालिकाको आयोजनामा भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रव्यापी महिला भलिबल प्रतियोगिता बैशाख ८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड क्लब, ढोरपाटन प्रशिक्षण केन्द्र, बालाजु र सिन्धुपाल्चोक भलिबल संघ गरी ६ टिमको सहभागिता रहने प्रतियोगिता व्यवस्थापन मुल समितिका संयोजक कुमार श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले २ लाख, तेश्रोले १ लाख र चौथोले ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २० हजार नगद प्रदान गरिने छ । विधागत उत्कृष्टतर्फ स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर र प्रशिक्षकलाई जनही ७ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रत्येक खेलको ‘प्लेयर अफ म्याच’ लाई २ हजार नगद पुरस्कार दिइने छ । बैशाख ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु भोटेकोशी गाउँपालिका वडा २ स्थित तातोपानी आधारभूत विद्यालयमा खेलाइने छ । आयोजक गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले राष्ट्रिय खेल भलिबलसंगा जोडिन पाउँदा खुशी लागेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.