प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला

डिसी नेपाल
३ वैशाख २०७८ १६:०७
84
Shares

काठमाडौं। प्रभु बैंक सञ्चालक समितिको अध्यक्षमा लिलाप्रकाश सिटौला चयन भएका छन्। बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक सिटौलालाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

देवीप्रकाश भट्टचन अध्यक्षबाट बाहिरिएपछि खाली रहेको पदमा सिटौलालाई चैत २३ गतेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक चयन गरेको थियो।

त्रिभुवन विश्वविद्यालयबाट एमबिए गरेका सिटौलासँग राष्ट्र बैंकको पहलमा खोलिएको पूर्वाञ्चल ग्रामीण विकास बैंंकको सीइओको रुपमा काम गरेको अनुभव छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.