कर्णाली प्रदेश सभा : जुन योजना कसैले पत्तो पाउन सकेनन्
सुर्खेत। शुक्रबार कर्णाली प्रदेश सभामा सातौं अधिवेशनको पहिलो बैठक शुरु हुनुभन्दा अगाडि कर्णाली प्रदेश सभाका सदस्यहरु बैठकको लागि सभा हल प्रवेश गर्दै थिए। हल भित्र नेकपा एमाले र नेकपा माओवादी केन्द्रका अधिकांश प्रदेश सभा सदस्यहरु जम्मा भैसकेका थिए। केही प्रवेश गर्न खोज्दै थिए।
सभा हल भित्र नेकपा माओवादी केन्द्रका सांसद र नेकपा एमालेका सांसद आफ्नो आफ्नो योजना सफल हुनेमा विश्वस्थ देखिन्थे। नेकपा एमाले त सबैभन्दा बढी विश्वस्त देखिएको थियो। एमाले एक्लैको १९ सांसद छन्।
कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्ने कुल ३९ (सभामुख सहित ) मध्य बहुमत पुर्याउनको लागि एमालेलाई १ जनको मात्रै आवाश्यकता थियो। अंक गणितलाई हेर्दा सबैभन्दा जोखिम नेकपा माओवादी केन्द्रलाई थियो, माओवादीको १२ सांसद छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साथ दिए पनि माओवादीको १८ जना मात्रै पुग्थ्यो राप्रपाको तर्फबाट प्रतिनिधित्व १ जना सांसद सोशिला शाहीले आफू तटस्थ बस्ने अगाडि नै घोषणा गरिसकेकी थिइन्।
जब प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही हल प्रवेश गरे सबैको ध्यान तान्ने गरी ठूलो स्वरमा भने, ‘क्रान्तिकारी लालसलाम सहित जय नेपाल,’ ‘हलका सांसदहरु मुखामुख गर्न थाले र सबै हाँसे।’
नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसदहरु तर्फ हेर्दै भनेको क्रान्तिकारी लालसलाम सहितको जय नेपालको अर्थ कसैले पनि कसैगरी अनुमान लाउन सकेका थिएनन्।
जब प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही हल प्रवेश गरे सबैको ध्यान तान्ने गरी ठूलो स्वरमा भने, ‘क्रान्तिकारी लालसलाम सहित जय नेपाल,’ ‘हलका सांसदहरु मुखामुख गर्न थाले र सबै हाँसे।’ नेता जीवनबहादुर शाहीले नेकपा माओवादी केन्द्रका सांसदहरु तर्फ हेर्दै भनेको क्रान्तिकारी लालसलाम सहितको जय नेपालको अर्थ कसैले पनि कसैगरी अनुमान लाउन सकेका थिएनन्।
उसो त प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सबैको अनुमान तटस्थ बस्छ की भन्ने थियो। निर्णय लिइसकेर पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो धारणा अन्तिम समयसम्म आउँदा पनि गोप्य नै राखेको थियो।
यदि नेपाली काँग्रेसले आफ्नो धारणा गोप्य नराखेको भए शुक्रबार कर्णाली प्रदेशको सत्ता समिकरणको खेल सोच्न नसकिने अबस्था पुग्ने खतरा रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक सीता नेपाली बताउँछिन्।
आफ्नो निर्णयलाई गोप्य राख्नुमा कुनै नौलो कुरा नभएको नेपाली काँग्रेसका प्रदेश सभा सदस्य दीनबन्धु श्रेष्ठ बताउँछन्। ‘राजनीतिमा सबै कुरा बाहिर भनिँदैन केही गोप्य राख्नु पर्ने हुन्छ श्रेष्ठले भने,’ ‘यसलाई अन्यथा नमान्दा हुन्छ।’
जब प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता जीवनबहादुर शाहीले अन्तिम अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलको संख्याको आधारमा आफूले भोट दिँदा पनि मुख्यमन्त्री शाहीले विश्वासको मत लिन नसक्ने अंक गणित देखिँदा देखिँदै पनि आफूहरु जहिले सानाको पक्षमा भएकोले नेकपा माओवादी केन्द्रलाई साथ दिने घोषणा गरे अनि अनि प्रदेश सभा हलले नयाँ मोड लियो।
नेकपा एमालेको संसदीय दलको प्रत्येक बैठकमा सहभागी भएका नेकपा एमाले माधव नेपाल पक्षका प्रदेश सभा सदस्य नेता प्रकाश ज्वाला सहितका नेताहरुलाई फ्लोर क्रस गर्लान् भन्ने नेकपा एमालेका संसदीय दलका नेता यमलाल कँडेलले विश्वास नै गरेका थिएनन्।
दलको प्रत्येक बैठकमा सहभागी जनाएर विश्वास दिलाउँदै आएका ज्वाला सहितका नेता कुर्मराज शाही, नन्दसिङ बुढा, अमर बहादुर थापाहरुले दलका नेता कँडेलको सत्ता ढाल्ने योजनालाई चौथो पटक विफल बनाएका छन्।
आफ्नो दलका सांसदहरुको उस्काहटमा प्रत्येक पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध लागिरहेका नेता कडेँल यो पटक चौथो पटक असफल भएका हुन्। शुक्रबार कर्णाली प्रदेश सभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नता कडेँलको नेतृत्वमा रहेका ४ जना सांसदको भोट लिँदै आफूले विश्वासको मत लिएर चौथो पटक असफल पारेका हुन्।







डिसी नेपाल








Facebook Comment